दफा
सम्पत्तिको विवरण दाखिला गराउने अधिकार

यो ऐन वा प्रचलित कानूनबमोजिम सम्पत्ति कर लाग्ने सम्पत्ति भएको भनी कुनै व्यक्ति उपर शंका लागेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई आफ्नो सम्पत्तिको विवरण दाखिला गर्नु गराउनु भनी लिखित आदेश दिन सक्नेछ । सो आदेश पाएको मितिले पैंतीस दिनभित्र आफ्नो सम्पत्तिको विवरण तोकिएको ढाँचामा कर अधिकृत समक्ष दाखिल गर्नु गराउनु पर्नेछ ।

तर पैंतीस दिनभित्र पनि विवरण दाखिल गर्न गराउनु नसक्ने करदाताले सो कुराको लिखित सूचना म्यादभित्रै कर अधिकृतलाई दिनु पर्नेछ र सो कारण कर अधिकृतलाई मनासिव लागेमा निजले बढीमा एक महीनासम्मको थप म्याद दिन सक्नेछ ।